arrow

राष्ट्रपति कप फुटबलको उपाधि अक्सफोर्डलाई

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन १६ मंगलबार
deep-boarding-rastrapati-cup.jpg

रुपन्देही । १३ औं राष्ट्रपति कप-२०७९ अन्तर्गत रुपन्देही जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा नगरस्तरीय फुटबल फाइनल खेल सम्पन्न भएको छ ।

फुटबल प्रतियोगितामा जिल्लाका ११ वटा टिमले सहभागीता जनाएकोमा दुईवटा बोडिङ्ग स्कुल फाइनलमा पुगेका थिए । बुटवलको सिद्धेश्वरी खेल मैदानमा अक्सफोर्ड इङ्गलिश बोर्डिङ्ग स्कुल सुख्खानगर र त्रिभुवन एकेडेमी फाइनल खेलमा भिडेका हुन् । शुरुआती चरणदेखि नै खेल निकै कडा प्रतिष्पर्धा भएको थियो ।

त्रिभुवन एकेडेमीले पहिलो हाफको ३१ औं मिनेटमा गोल गरेर खाता खोलेको थियो भने त्यसको जवाफीमा अक्फोर्डले १ गोल हानेर बराबरीमा पुर्याएको थियो । अक्सफोर्डले १ गोल गरेर अग्रता लिएकोमा पुन: अर्को गोल गर्दै २-१ गोल अन्तरले जित हात पारेको हो ।

फागुन १० गतेदेखि सञ्चालन भएको खेल स्थानीय पालिकाहरुले तोकिएको समयमा विवरण नबुझाएकाले जिल्ला खेलकुद विकास समितिले फागुन ११ गते एक प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना नआउँदासम्म पूर्व खेल तालिका स्थगित गरिएको जनाएको थियो । तर समितिले मंगलबार पुन: १६ गते फाइनल खेल खेलाएको हो ।

समापन कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराईले बोल्दै अहिले प्रदेशका अधिकांश जिल्लाहरुमा खेलकुदका गतिविधि भइरहेको बताउँदै न्यून खेल हुने रोल्पामा अहिले प्रतियोगिताको रुपमा प्रथम राष्ट्रपति खेलको तयारी भइरहेको बताउँदै प्रदेशमा खेलकुदका क्रियाकलापहरु बढ्दै गएकोमा खुशी व्यक्त गरे ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रबहादुर थापा क्षेत्री (हरिले) जिल्लामा खेलकुद क्षेत्रलाई चलायमान गराई राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्नेगरी खेलाडी उत्पादनमा लागि परेको बताए ।

जिल्ला खेलकुद विकास समिति रोल्पाका अध्यक्ष मोलङ घर्तीले आफूले आफ्नो गृहजिल्लामा खेलकुदका गतिविधिलाई प्रभावकारी बनाउन कडा मेहनत गर्दै आएको र मेहनत अनुसार जिल्लामा  खेलकुद प्रतियोगिता पनि सञ्चालन हुँदै गएको बताए । 

कार्यक्रमका प्रमुख अतिथि पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले खेल राष्ट्र र स्वास्थ्यका लागि फाइदाजनक भएको भन्दै खेल क्षेत्रको विकासमा विद्यालय स्तरमा अध्यनरत विद्यार्थीहरुको सहभागीता गहन हुने जनाए ।

प्रतियोगितामा प्रथम भएको अक्सफोर्ड टिमलाई ट्रफी- प्रमाणपत्र र द्धितिय हुने त्रिभुवन एकेडेमी टिमलाई पनि ट्रफी- प्रमाणपत्र,            पुरस्कार दिईएको थियो ।

त्यस्तै दीपका विपिन थापा क्षत्री वेष्ट फर्वाड, नवीन औद्योगिक कदरबहादुर रिता मावि स्कुलका सुन्दर बगाले वेष्ट मिडफिल्ड, सिद्धेश्वर स्कुललाई फेयर प्लेय अफ द स्कुल, ज्ञानपुञ्जका सोनु खाती वेष्ट डिफेन्स, स्कलर्स होम स्कुल पपुलर टिम अफ द टुर्नामेन्ट, न्यु होराइजन स्कुललाई डिसिपिलेन टिम अफ द स्कुल, नहरपुर माविका सुदिपकुमार विकसहित सबै खेलाडीहरु, अक्सफोर्डका वेष्ट किपर कौशल गुरुङलाई म्यान अफ द टुर्नामेन्ट क्रिश थापा, हाई स्क्रुलर विनोद केसी र त्रिभुवन एकेडेमीलाई मेन अफ द म्याचमा सुजल क्षत्री घोषित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ