arrow

प्रभु स्मार्ट फण्ड बिक्रीमा, १० वर्षमा २५५ प्रतिशत लाभांश दिने लक्ष्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
pabhu-ekai-fund.jpg

काठमाडौं । प्रभु क्यापिटल सामूहिक लगानी कोष अन्तर्गत प्रभु स्मार्ट फण्डको इकाइ बिक्रीमा आएको छ । फण्डले प्रति इकाइ १० रुपैयाँ अंकित दरमा ८० करोड बराबरको ८ करोड इकाइ जारी गरेको हो । 

बिहीबारदेखि शुरु भएको उक्त इकाइ खरिदका लागि इच्छुक लगानीकर्ताले आगामी २३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

सो अवधिमा सबै इकाइका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा चैत ३ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले बताएको छ ।

यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ । योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशतसम्म शेयरमा लगानी गर्ने बताइएको छ ।

निष्काशित इकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडले एक करोड १२ लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले आठ लाख इकाई गरी कुल एक करोड २० लाख इकाई सुरक्षित गरिएको छ । 

बाँकी ६ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ