- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । कपिलवस्तु जिल्लाको समग्र विकासको आधार धार्मिक स्थलको प्रवर्धन पर्यटन कृषि उद्योग र व्यापार भन्ने नाराका साथ यही चैत १ गते देखी १२ गते सम्म सातौँ प्राचीन कपिलवस्तु महोत्सव हुने भएको छ ।
तौलिहवा उद्योग वाणिज्य सङ्घको आयोजनामा तौलिहवा स्थित बुद्ध पद्यम माविको खेल मैदानमा महोत्सव सञ्चालन हुने र महोत्सवको तयारी तीव्र रूपमा भइरहेको तौहिवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सव मूल समितिका संयोजक गयादिन कुर्मीले बताए ।
मेलामा बुद्ध सम्बन्धी विषयवस्तुका गोष्ठी तथा अन्तरक्रिया र प्रतियोगिता, सांस्कृतिक कला तथा झाँकी प्रदर्शन, कृषि प्रदर्शनी, वाल उद्यान, झुला लगायतको आकर्षण हुने छ । महोत्सव साँझमा सञ्चालन हुने हुँदा फुर्सदको समयको सदुपयोगको लागि दर्शकहरूलाई सहज हुने छ ।
स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुतिसमेत दैनिक रूपमा हुने बताइएको छ । महोत्सवको लागि विभिन्न तयारी समिति बनाइ कामहरू भइरहेको समेत अध्यक्ष कुर्मीले बताए । कोरोनाको कहर पछि रोकिएको महोत्सव यस वर्ष वाट शुरु भएपछि मेलाको अवलोकन नेपाल तथा भारतका दर्शकहरूले गर्ने बताइएको छ ।