- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ठोरी । समाज परिवर्तनका लागि युवालाई समेट्ने गरी स्थापना भएको संस्था ‘यूथ फर चेन्ज’ ले पर्साको ठोरीमा ३५ थान सडक लाइट जडान गरेको छ ।
सो संस्थाका अध्यक्ष छतेन्द्र आचार्यले ‘उज्यालो अभियान’ कार्यक्रम अन्तर्गत आइतबार ठोरी गाउँपालिका २ का वडाध्यक्ष अमृतकृष्ण सापकोटाको रोहबरमा सो सडक लाइट जडान गरिएको जानकारी दिएका हुन् ।
३६ वाट क्षमता रहेको सो सडक लाइट ठोरी २ अन्तर्गत पर्ने हुलाकी सडक देखि गौतम नगर मिल टोलसम्मको मुख्य सडकमा जडान गरिएको अध्यक्ष आचार्यले बताए । अभियानलाई सुरुवात गरिएको र निरन्तरता दिइने आचार्यको भनाइ छ ।
सो संस्थाले सोमबार ठोरी २ गौतमनगरस्थित सरस्वती माध्यमिक विद्यालय प्रांगढमा सांस्कृतिक कार्यक्रमसहित होली विशेष कार्यक्रम आयोजना गर्दैछ । सो कार्यक्रमको मिडिया पार्टनरका रूपमा राजधानी दैनिक, हाम्राकुरा डटकम, नेपाली रेडियो नेटवर्क तथा सामुदायिक रेडियो विजय वस्ति छन् ।
कार्यक्रममार्फत पर्यटन प्रवर्द्धन एवम् संस्कृति संरक्षण गर्ने लक्ष्य यूथ फर चेन्जले लिएको छ ।