arrow

तेह्र दिनपछि नयाँ आईजीपीः हट्ला त तीस वर्षे सेवा हद ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
police-head-Q.jpeg

काठमाडौं । सरकारले एआईजीको बढुवा सिफारिस गरेपछि अबको १३ दिनपछि हुने आईजीपीतर्फ सबैको ध्यान केन्द्रीत भएको छ । सुरक्षा निकायको प्रमुख भएकाले आईजीपी नियुक्तिप्रति सबैको ध्यान केन्द्रीत हुन थालेको हो । सरकारले पनि आफ्नो अनुकुलमा सुरक्षा प्रमुखको नियुक्त गर्नेछ ।

तीन दिनअघि पाँच जना एआईजीहरुको बढुवा सिफारिस भएसँगै उनीहरुमध्ये कोही एक जना हुने सम्भावना छ । अर्कातर्फ अहिले नेपाल प्रहरीमा ३० वर्षे सेवा हद कायम रहेको र त्यसलाई हटाउन प्रक्रिया अघि बढेकाले अहिलेकै नेतृत्वले निरन्तरता पाउने सम्भावना पनि रहेको छ । 

आईजीपीको अवकाशको समयमा नेपाल प्रहरीमा ३० वर्षे सेवाहदको विषय बारम्बार अघि बढे पनि सफल हुन सकेको छैन । तर यसपटक गृह मन्त्रालयले सो प्रकृयालाई अन्तिम अवस्थामा पुर्याएको छ । ‘अहिले प्रकृया अघि बढिसकेको छ, ३० वर्षे सेवा अवधि हट्ने संभावना बढेको छ’, गृह मन्त्रालय उच्च स्रोतले भन्यो । 

गृह मन्त्रालयले सेवा हद हटाउनुपर्ने विषयमा पनि अन्य निकायसँय राय लिने प्रक्रिया पूरा गरिसकेको छ । प्रहरी ऐनलाई संशोधन गर्ने गरी प्रकृया अघि बढाउने र प्रहरी ऐनलाई संसदमा दर्ता गर्ने विषयमा सरकारले मध्यमबाटो अपनाएर ३० वर्षे सेवा अवधि हटाउने भएको स्रोतको दाबी छ । 

यो विषयमा अहिले अर्थ र कानून मन्त्रालय दुवैले यसमा सहमति दिइसकेको छ । सेवा अवधि हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबीच बुधबारदेखि निरन्तर संवाद चलिरहेको छ । 

गत मंसिरमा शेरबहादुर देउवा नेतृत्व सरकारले अध्यादेशमार्फत प्रहरी ऐन संशोधन गरी सेवाहद हटाउने प्रयास गरेका थिए । अहिले सो प्रकृयालाई निरन्तरता दिन लागिएको हो । ३० वर्षे सेवाहदले प्रहरी संगठनलाई कमजोर बनाएकाले यसलाई हटाउनुपर्नेमा सबै प्रहरी अधिकारी सहमत भए पनि कहिलेदेखि भन्ने बारेमा कसैले तिथिमिति तोक्न सकेका छैनन् । विस्तृत अध्ययनबिना नै हटाउँदा कुनै ब्याचलाई धेरै फाइदा हुने र केहीलाई मर्का पर्ने भएकाले यसमा विवाद हुने गरेको छ ।

चैत ११ मा आईजीपी बन्छु भनेर एआईजीमा सिफारिस भएका पाँच डिआइजीहरु पनि ढुक्क अवस्थामा छैनन् । जसले गर्दा नेपाल प्रहरीमा भावी नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको अवस्था छ । हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह लगायत उच्च अधिकारीले ११ चैतमा सेवा अवधिका कारण अवकाश पाउदै छन्  । 

उनीहरुलाई प्रहरी किताबखानाले त्यसको संकेत गरिसकेको छ । तर राजनीतिक कोर्स बदलिएको र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा प्रधानमन्त्री पुष्पकमल दाहाल दुवै जना प्रहरीमा अहिलेको नेतृत्वलाई निरन्तरता दिने विषयमा सहमत भएका कारण पनि उनीहरु ढुक्क रहेको बताइन्छ । यद्यपि वरियतामा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य एआइजीमा सिफारिस भएका छन् । 

यदि ३० वर्षे सेवा अवधि हटेन र अहिलेकै अवस्था रहेमा यिनै पाँच जना मध्ये कुनै एक जना आईजीपी हुनेछन् । उनीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीम ढकाल, राजदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ दुर्गा सिंह र किरण राणालाई पछि पार्दै एआईजीमा बढुवा सिफारिस भएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ