arrow

कीर्तिपुरका उपप्रमुख शाक्यसहितको टोली पोखरामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ४ शनिबार
Manjudevi gurung.jpg

पोखरा । कीर्तिपुरबाट आएको नगरपालिको न्यायिक समितिले पोखरा महानगरपालिकाको न्यायिक समितिसँग भेट गर्दै न्याय सम्पादनबारे अनुभव आदान-प्रदान गरेको छ ।

पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङसँग कीर्तिपुर नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक शुभलक्ष्मी शाक्य बीच भएको भेटमा दुवैतर्फ न्याय सम्पादनमा भैरहेका असल अभ्यास, समस्या र चुनौती बारे छलफल भएको थियो । 

भेटमा पोखरा महानगरकी उपप्रमुख गुरुङले महानगरले न्यायिक समितिमा आउने विवादका प्रकृति, विवादको अवस्था लगायत महानगरका विषयमा जानकारी गराएकी थिइन् । 

पोखरा महानगरमा विवादको अवस्था हेर्दा मानाचामल, जग्गा किचलो, ज्येष्ठ नागरिकलाई लालनपोषण नगरेको, साँध सीमाना मिचेको लगायतका विवाद बढि आउने गरेको उनले बताइन् । उनले विवाद समाधानका लागि वडाहरुमा मेलमिलाप केन्द्र स्थापना, मेलमिलापकर्ताको सुचिकृत लगायतका बारेमा जानकारी गराएकी थिइन् । 

कीर्तिपुर नगरपालिकाका उपप्रमुख शाक्यले कीर्तिपुरमा १० वटा वडा रहेको भन्दै न्यायिक समितिमा आउने विवाद १ देखि ३ महिनाभित्र टुङ्ग्याउने गरेको बताइन् ।

कीर्तिपुरमा विवादको संख्या कम रहेको र मेलमिलापमार्फत विवाद समाधानलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले मिलाउन नसक्ने विवाद अदालत पठाउने गरेको जानकारी दिइन् ।

पोखरा आएको टोलीमा कीर्तिपुर नगरपालिका न्यायिक समिति ज्ञानेश्वर महर्जन, सदस्य शर्मिला श्रेष्ठ महर्जन, नगरपालिका वरिष्ठ अधिकृत सुजिन्द्र महर्जन, निजी सचिवद्धय केशव मर्हजन र नानी महर्जन छन् ।

भेटमा पोखरा महानगर न्यायिक समितिका सदस्यद्वय कालिदास पोखरेल, भावना श्रेष्ठ र समितिका अभिलेख संरक्षक राममणि अधिकारी सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ