arrow

महोत्सवमा दर्शकको घुइँचो 

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७९ चैत ७ मंगलबार
kapilbastu-mphos (2).jpg

कपिलवस्तु । कपिलवस्तु जिल्लाको समग्र विकासको आधार धार्मिक स्थलको प्रवर्धन पर्यटन कृषि उद्योग र व्यापार भन्ने नाराका साथ तौलिहवामा सञ्चालनमा रहेको महोत्सवमा दर्शकहरूको घुइँचो लागेको छ । 

स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको महोत्सवमा दिनहुँ ५ हजार बढी दर्शकहरूले अवलोकन गरेको आयोजकले जनाएको छ । साँझको ७ बजेबाट सञ्चालनमा रहने रात्रिकालीन मेलामा १२ बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालनमा रहेको छ । 

गायक हेमन्त शर्माले गीत गाउँदा रातको माहौल नै तातिएको स्थानीय दर्शक सङ्गीता भुसालले बताइन् । उनले आधा दर्जन जति नेपाली तथा भोजपुरी गीत गाएर मावल नै तताएका थिए । मेलामा कलाकार मञ्जु भट्टराई , दीपक भण्डारीले प्रस्तुति गरिसकेका छन् । 

मेलामा चर्चित टिकटक सो गर्ने पित्री पासवान लोक गायक पशुपति शर्मा लगायत हिन्दी तथा भोजपुरी गायकहरूको प्रस्तुति पनि रहनेछ । त्यस्तै स्थानीय कलाको प्रस्फुटन गराउनको लागि दोस्रो कपिलवस्तु डान्स आइडल पनि सञ्चालनमा रहेको छ । 

यही चैत १गते देखी १२ गते सम्म सातौँ प्राचीन कपिलवस्तु महोत्सव सञ्चालनमा आएको छ । तौलिहवा उद्योग वाणिज्य सङ्घको आयोजनामा तौलिहवा स्थित बुद्ध पदम माविको खेल मैदानमा महोत्सव सञ्चालनमा रहेको छ । 

महोत्सवमा विभिन्न कला नृत्य तथा धार्मिक र सांस्कृतिक प्रस्तुति रहने तौलिहवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सव मूल समितिका संयोजक गयादिन कुर्मीले बताए । महोत्सव साँझमा सञ्चालन हुने हुँदा फुर्सदको समयको सदुपयोगको लागि दर्शकहरूलाई सहज भएको छ । 

स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति समेत दैनिक रूपमा रहँदा मेला हेर्न आउनेको सङ्ख्या दिनहुँ बढेको छ । कोरोनाको कहर पछि रोकिएको महोत्सव यस वर्ष वाट सूरु भएपछि मेलाको अवलोकन नेपाल तथा भारतका दर्शकहरूले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ