arrow

पाँच एआईजीलाई दर्ज्यानी चिन्ह, तीन दिनमा आईजीपीको फुली लगाउँदै [फोटोफिचरसहित]   

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
police-team-2079-12-08.jpg

काठमाडौं । मन्त्रिपरिषद्को गत चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । 

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरुको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै पदोन्नति भएका मध्येबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन निर्देशन दिए । 

प्रहरी महानिरीक्षक सिंहले लामो समयपछि पदोन्नति नियमित भएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नु पर्ने भएकोले उक्त चुनौती  र जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्नुपर्ने बताए । 

प्रहरी महानिरीक्षक सिंहले संगठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशील र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनु पर्ने बताउँदै संगठनको आगामी नेतृत्व अव्बल व्यक्तिको हातमा जाने विश्वाससमेत व्यक्त गरे । 

उक्त अवसरमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी महानिरीक्षकलगायत बढुवा प्रकियामा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै पदोन्नतिसँगै गहन जिम्मेवारीको बढोत्तरी हुने हुँदा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गरे । 

संगठनप्रति बफादार रही संगठनको श्रीवृद्धि गर्न दृढ संकल्पित रहने बताउँदै उनले समग्र सुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी बोकेको प्रहरी संगठनमा संगठनप्रति व्यवसायिक र निष्ठावान रहि जिम्मेवारी बहन गर्ने कार्यमा सबैको सत्प्रयास अपरिहार्य रहेको विचार व्यक्त गरे । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

दज्र्यानी चिन्ह पाएका पाँचमध्ये एक जना तीन दिनपछि आईजीपी बन्दैछन् । जसका लागि सबैको दावेदारी खुला रहेको छ । सरकारले मात्र तीन दिनको समय दिएपछि एक जनालाई आईजीपी बनाउँदै छ । 

सरकारले तीस वर्षे सेवा हद खारेज गर्ने तयारी गरिरहेको बुझिए पनि अहिलेसम्म त्यो हुन नसकेकाले वर्तमान आईजी सिंहलेसमेत दज्र्यानी चिन्ह दिँदै नेतृत्वका लागि शुभकामना दिएका हुन् । 

तीन वर्षे सेवा हद खारेज भए सिंहले नै आईजीपीमा निरन्तरता पाउने थिए । 
 

DSC_2598.JPG
DSC_2642.JPG
DSC_2670.JPG
DSC_2685.JPG
DSC_8950.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ