arrow

तस्करबाट बेचिएकी नेपाली चेलीको उद्धार, आफैँ पुर्‍याएका थिए दुबई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
taskar.jpg

काठमाडौं । दुबईमा बेचिएकी नेपाली चेलीको उद्धार गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी वर्ष २० की कल्पना (परिवर्तित नाम) लाई   माइती इन्डिया, लब नेपाल, लब एण्ड होपको पहलमा दुबईबाट उद्धार गरिएको हो । 

मानव तस्करीका गिरोहले उनलाई दुबईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा विक्री गरेका थिए ।  उक्त मानव तस्कर गिरोहमा वर्ष ३२ का दीपक मगर, वर्ष ३० को मौसम, वर्ष ३५ को पाकिस्तानी नागरिक समीर, मिना डोल्मा लगायताको संलग्नता रहेको पीडितले बताएकी छन् । 

कक्षा १२ मा अध्ययनरत कल्पना घरको कमजोर आर्थिक अवस्थाको कारण वैदेशिक रोजगारीमा जाने मनस्थितिमा थिइन् । उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै मानव तस्करहरूले उनलाई प्रलोभनमा पारी दुवै पुर्‍याएर विक्री गरेको खुल्न आएको हो । 

उनलाई मानव तस्कर गिरोहले गत माघ २ गते एयर अरेबियाको जहाजमार्फत दुबई पुर्‍याएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम भनिने मानव तस्कर उनलाई पुर्‍याउन आफैँ पुगेको समेत खुल्न आएको छ । 

दुवैमा बेचिएकी उनलाई पटक-पटक यौन शोषण गरिएको र मानसिक तनाव दिएको कारण उनले आफूले काम गर्न नसक्ने बताएपछि आफू बेचिएको थाहा पाएकी थिइन् । उनलाई नेपाली रुपैयाँ पाँच लाख चार हजारमा बेचिएको र उक्त पैसा नदिएसम्म नेपाल फर्कन नसक्ने भन्दै काम लगाउने मालिकले बताएको उनले भनिन् । 

लगत्तै घटनाको जानकारी पाएका स्विडेन नागरिक जोनाथन र जोन अबलेन लभ नेपालको अध्यक्ष बालकृष्ण पाण्डे र माइती इन्डियाकी निर्देशक पूजा पाण्डेलाई उद्धारका लागि अनुरोध गरेका थिए । सोही बमोजिम बालकृष्ण र पुजाको संयुक्त टिमले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान वियूरोको आवश्यक समन्वयमा उनको उद्धार गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ