arrow

बेलडाँडीमा १५ बेडको अस्पताल शिलान्यास 

logo
दिपेन्द्र बस्नेत, 
प्रकाशित २०७९ चैत १० शुक्रबार
beldagi-hospital-.jpg

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा सुदूरपश्चिम प्रदेश सभासद दिवानसिंह बिष्टले १५ बेडको अस्पताल भवनको शुक्रबार शिलान्यास गरेका छन् । 

संविधानसभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सभासद बिष्टले यहाँको स्वास्थ्य क्षेत्र विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारको साथ सहयोग जुटाउन आफूले सदैव पहल गर्ने बताए । 

बेलडाँडीको शैक्षिक स्वास्थ्य लगायत सेवाको बिकासका लागि खट्ने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष लगायतका जनप्रतिनिधि धन्यवादका पात्र रहेको सभासद बिष्टले बताए । 

२०८१ मंसिर ६ सम्म निर्माण सम्पन्न हुने १५ बेडको अस्पताल  १६ करोड ५१ लाख ६२ हजार ५७७ को लागतमा निर्माण गरिने उक्त अस्पताल भवनको निर्माणको जिम्मेवारी निर्माण कम्पनी बंगलामुखी बैजनाथ जेभीले पाएको छ । 

बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष शान्ति नाथले स्वागत गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ