arrow

शिक्षक संघ कास्कीमा राजु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
Raju.jpg

पोखरा । नेपाल शिक्षक संघ कास्कीको अध्यक्षमा राजु केसी क्षेत्री निर्वाचित भएका छन् । संघको नवौं जिल्ला अधिवेशनले क्षेत्रीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको महिला उपाध्यक्षमा सीता भण्डारी, उपाध्यक्षमा पुरुषोत्तम सापकोटा, सचिवमा तारानाथ भण्डारी र अर्थ सचिवमा निर्मल आचार्य  निर्वाचित भएका छन् ।

यस्तै, सहसचिवमा द्रोण सुवेदी, महिला सहसचिवमा सञ्जुकुमारी शर्मा, अर्थ सहसचिवमा राधिका बास्तोला भण्डारी, समावेशी सहसचिवमा निर्मला मानन्धर, जुनकिरी दर्जी, महिला सदस्यमा सीता पौडेल, टीकादेवी भण्डारी न्यौपाने, सावित्री अर्याल छन् ।

संघको कार्यसमिति सदस्यमा थम नारायण चापागाइँ, श्रीकृष्ण सिग्देल, हरिप्रसाद गौतम, दीपेन्द्र बस्ताकोटी र गुरुप्रसाद सापकोटा छन् ।

संघको संघीय प्रतिनिधिमा रमेश भट्टराई, वसन्तराज पाण्डे, मनिराम कँडेल, यमप्रसाद तिमिल्सिना, केशव अमगाइँ, सीता थापा, गौरीदेवी पौडेल रहेका छन् ।

यस्तै, प्रदेश प्रतिनिधिमा दुर्गाराज बराल, पितृराज पण्डित, राजेन्द्र गिरी, पूर्णकुमारी गुरुङ, सावित्रा गुरुङ र सत्यदेवी शर्मा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ