arrow

शिक्षक संघ कोशीमा चौलागाई 

logo
युवराज रेग्मी, 
प्रकाशित २०७९ चैत ११ शनिबार
tejprasad-chaulagai-teacher-association.jpg

झापा । नेपाल शिक्षक संघको कोशी प्रदेश अध्यक्षमा तेजप्रसाद चौलागाई विजयी भएका छ्न् । विराटनगरमा शुक्रबार सम्पन्न निर्वाचन मतपरिणाम अनुसार चौलागाईं अध्यक्षमा निर्वाचित भएका हुन् । झापा जिल्लाको मेचीनगरस्थित धुलाबारी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक चौलागाई १९० मत प्राप्त गरी विजयी भए । 
अध्यक्षका प्रत्यासी धनकुटाका गंगाराम ढुंगानाले १५६ मतमात्र प्राप्त गर्न सफल भए । त्यस्तै महासचिव पदमा मात्रिका प्रसाद न्यौपानेले १७३  मत प्राप्त गरी विजयी रहँदा उनका  प्रतिस्पर्धी बद्री कार्कीले १५९ मत प्राप्त गरे  । 

वरिष्ठ उपाध्यक्षमा सुरेशकुमार चौधरी विजयी बन्न सफल भए । चौधरीले १७५ मत ल्याएर विजयी रहँदा प्रतिस्पर्धी हेमराज खतिवडाले १६६ मत ल्याए  ।

त्यस्तै महिला उपाध्यक्षमा राजकुमारी भण्डारीले १८८ मत ल्याएर विजयी रहँदा  प्रतिस्पर्धी रेखा पराजुलीले १६६ मत प्राप्त गरिन् ।  कुल ४३८ मतदाता रहेको कोशी प्रदेश कार्यसमितिको निर्वाचनमा जम्मा  ३४८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ