arrow

आजभोलि नै सरकार फेरबदल हुन सक्ने वा नसक्ने भन्ने अहिले भन्न सकिँदैन – अमिक शेरचन

logo
नारायण वली,
प्रकाशित २०७९ चैत १२ आइतबार
amik-sherchan-lumbini-province-chief.jpg

रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै गठबन्धनमा आवद्ध दलका ५३ जना सांसदहरुको हस्ताक्षर सहित दाबी पेश गरिएको छ । आइतबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा, प्रदेश अध्यक्ष सुदर्शन बराल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता अमरसिंह पुन लगायतको उपस्थितिमा माग दाबी पेश गरिएको हो ।

लुम्बिनी प्रदेशमा जम्मा ८७ जना सांसदहरु छन् । प्रदेश प्रमुख शेरचन समक्ष बुझाईएको बहुमत सांसदहरुले हस्ताक्षर सहित नयाँ मुख्यमन्त्री नियुक्तीको माग गर्दै गठबन्धनमा आवद्ध दलहरुले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि मागसमेत गरेका छन् ।

यसअघि पनि लुम्बिनीमा प्रदेशका दोस्रो मुख्यमन्त्री चयन हुँदा यसै धारा अन्तर्गत सरकार गठन गरिएको थियो । ५२ जना दलका सांसदहरु छन् भने एक जना स्वतन्त्र सांसद हुन् । पत्र बुझाउँदै नयाँ मुख्यमन्त्रीका माग दाबी गरिएका आकांक्षी चौधरीले यसअघिको सरकार पनि यही धारा अनुसार बनेको स्मरण गराउँदै संविधानको धारा १६८ (२) अन्तर्गत नै सरकार गठन गरिनुपर्ने प्रदेश प्रमुख शेरचनलाई आग्रह गरे ।

पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले पछिल्लो राजनीतिक घटनाक्रमले देशमा स्थिर सरकार चल्न नसकेको भन्दै विकास निर्माण र समृद्धि स्थापित गर्न नसकिएको बताउँदै बहुमत सांसदहरुको माग दाबीलाई आफूले बुझेको भए पनि वर्तमान मुख्यमन्त्रीले संविधान अनुसार १ देखि २ महिनासम्म लम्ब्याउन सक्ने संविधानमा स्पष्ट लेखिएको जनाउँदै त्यसपछिको विकल्प राजीनामा दिनुभन्दा अरु नभएको बताए । 

उनले भने, ‘मलाई जहाँसम्म लाग्छ यो पत्र आइसकेपछि अब प्रदेशको प्रमुख भएकाले पक्कै पनि मुख्यमन्त्रीज्यूले मलाई सम्पर्क गर्नुहुनेछ । हेरौं उहाँबाट के कस्तो खवर आउँछ । आज भोलि नै फेरबदल हुन सक्ने वा नसक्ने भन्नेमा अहिले नै भन्न नसकिने जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ