arrow

विभागीय मन्त्रीलाई सात दिनभित्र जवाफ दिन रुलिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
karnali-prade.jpg

कर्णाली । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले प्रदेशसभा सदस्यले सभामा उठाएका सवालको सात दिनभित्र जवाफ दिन विभागीय मन्त्रीलाई रुलिङ गरेकी छन् । 

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आइतबार बसेको सातौँ बैठकमा सभाका सदस्यले राखेका सवालमा जवाफ दिन प्रदेश सरकारका विभागीय मन्त्रीलाई रुलिङ गरेकी हुन् ।

बैठकको सुरुमा बोल्दै प्रदेशसभा सदस्य घनश्याम भण्डारीले राजधानी वीरेन्द्रनगरमा दिनहुँ भइरहने दुर्घटना रोक्न, कर्णाली राजमार्गअन्तर्गत दैलेखको डुङ्गेश्वर सडकखण्डको जीर्ण खण्ड मर्मत र वादी समुदायका बालबालिकाको शिक्षा व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ