arrow

सन्दीप, सुदीप, मीरा र टेक एआईजीमा सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
police-head-Q.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नयाँ आईजीपी नियुक्त भएसँगै नेपाल प्रहरीमा रिक्त रहेका ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चार जना डीआईजी सिफारिस भएका छन् । 

तीन जनाको अवकाश र एक जना आईजीपी बनेपछि एआईजीको चार दरबन्दीमा आज बिहान सिफारिस भएको हो । डीआइजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ सिफारिसमा परेका हुन् । 

रिक्त चार एआईजीका लागि ११ डीआईजी प्रतिस्पर्धामा थिए । उनीहरुसँगै उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजीको प्रतिस्पर्धामा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ