arrow

जनवादी कलाकारले भने "मेरो राष्ट्र अझै कति वर्ष कुर्नपर्छ"?

logo
नारायण वली,
प्रकाशित २०७९ चैत १३ सोमबार
janasangitik-prastuti-butwal.jpg

रुपन्देही । राष्ट्रका लागि संगित अभियात्रा टोलीले बुटवलमा सोमबार जनसांगीतिक प्रस्तुति प्रदर्शन गरेको छ । सुदूरपश्चिमको धनगढीबाट शुरु गरेको संगीत यात्राको टोली आइतबार बुटवल आइपुगेको हो । 

राष्ट्रका लागि संगीत अभियात्रा जनवादी कलाकारहरुले देशका विभिन्न जिल्लाका प्रमुख शहरहरुमा राष्ट्रको नीति र विकासमा परिवर्तन ल्याउन सांस्कृतिक अभियानद्धारा ध्यानाकर्षण गराउने उद्देश्यले जनसांगीतिक प्रस्तुति आयोजना गरिएको जनवादी कलाकार चिरण पुनले बताए ।

कार्यक्रममा जनवादी कलाकारहरुले एकता, वीरताका कुरालाई जोड दिन राजनीतिक दलहरुलाई आग्रह गरेका थिए ।

कलाकारहरुले गीतमार्फत् "मेरो राष्ट्र भन तिमीले अझै कति वर्ष कुर्नपर्छ, पानी चल्ने देश बनाउन अझै कति कुर्छ"  भन्ने भावहरु प्रस्तुत गरेका थिए । उनीहरुले आरनमा आगो फुकेकै हुँ, खुकुरीमा शान लगाएकै हुँ, गीत गाएका थिए । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल, नेता तथा जनवादी कलाकार मणि थापा, नेकपा माओवादी केन्द्र रुपन्देहीका अध्यक्ष नारायण जीसी (निर्मल), नेपाल कम्युनिष्ट पार्टीका लुम्बिनीको ब्यूरो इन्चार्ज प्रज्वल सी, नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वका रुपन्देही इन्चार्ज शरद वली लगायतको उपस्थिति रहेको थियो ।  धनगढिदेखि शुरु भएको सो अभियान झापा पुगेर समापन गरिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ