arrow

कोहलपुरको फूलको मालाको बारेमा मन्त्री गगन थापाले यसो भने

मन्त्री थापा मन्त्रिपरिषद वैठकमा सहभागि हुने

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
Gagan-thapa.jpeg
काठमाडौं। नेपाली काँग्रेसका नेता तथा स्वास्थ्यमन्त्री गगन थापाले आपूलाई कोहलपुरवासीले लगाइदिएको मालाको बारेमा सार्वजनिक भएको टिकाटिप्पणी बारेमा आफ्नो प्रतिक्रिया दिएका छन्। थापाले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका छन्। 
 
मध्यपश्चिमाञ्चलको समीक्षामा भाग लिने क्रममा कोहलपुर स्वास्थय चौकी पुगेँ। ढोकामा हिंड्दा हिड्दै आकस्मत "कोहलपुर बासिको तर्फबाट ठुलोमाला" भन्दै माला पहिर्याइयो। मलाई यस्तो कुरा कहिले मन परेन र बिनम्रपूर्वक तत्काल हटाउन लगाएँ। मंचमा पुगेपछि सो कार्यक्रम आयोजना गर्ने साथी लाई खोज्न लगाएँ अनि मंचमा बोलाएर मलाई सो कुरा मननपरेको र यस्तो कहिँ कसैलाई नदोहोर्याउन आग्रह गरेँ।
 
मलाई मेरो जिम्मवारी राम्रोसंग थाहा छ। के गर्न हुन्छ के गर्न हुदैन भन्ने पनि राम्रोसंग थाहा छ। मालाको बिषयलाई लिएर चिन्ता गर्ने साथीलाई धन्यवाद। चिन्ता नगर्नुस म यस्तो बिषयमा अल्मलिएर, रमाएर बसेको छैन र बस्दिन पनि। तर यति सानो कुरालाई लिएर कोलाहल मच्चाउनेहरुले फेरी एकचोट प्रमाणित गरेका छन् कि मैले के बिराउँला र यसलाई देखाइदिउँला भनेर बसेको एउटा जमात छ। त्यसैले आफुले गल्तिनगरेपनि वरिपरीको कुरामा समेत ध्यान दिएर काम गर्नुपर्छ, नचुकिकन थप मेहनत गर्दै जानुपर्छ भन्ने पाठ पनि सिकाएको छ। 
 
साथै मेरालागि पार्टीको तथा अन्य कुनै पनि किसिमको कार्यक्रमहरुमा माला, खादा लगाइदिने, पत्रपत्रिकामा बधाई छपाउने जस्ता कार्यहरु नगरेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु। तपाईहरुको साथ र स्नेह प्रति म सदैव आभारी छु। धन्यवाद।
 
मन्त्री थापा मन्त्रिपरिषद वैठकमा सहभागि हुने
बुधवार राती पेटमा केहि दुखाइ महसुस गरि चिकित्सकको सल्लाह अनुसार उपचार गराएका थापा स्वास्थ्य लाभपछि विहिवार हुने मन्त्रिपरिषदको वैठकमा सहभागि हुने भएका छन्। उनलाई नियमित काममा फर्कन समस्या नभएको बताइएको छ। तर समयमा खानपिन र धेरै धपेडी नगर्न भने चिकित्सकहरुले थापालाई सुझाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ