arrow

भारतबाट भित्राइएको ४० बोरा चिनी बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
sugar-bora.jpg

कपिलवस्तु। अवैध रूपमा भारतबाट भित्राइएको ४० बोरा चिनी कपिलवस्तु प्रहरीले बरामद गरेको छ । 

कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं.११ ओदारी स्थित सडकको छेउमा बेवारिसे अवस्थामा ४० बोरा १९८३ किलो चिनी बरामद गरिएको हो । 

१ लाख बारबारको भन्सार छली चिनी बरामद गरी सुठौलि भन्सार कार्यालय कपिलवस्तु पठाइएको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताइन l

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी गस्ती टोलीले सो चिनी बरामद गरेको हो । 

९९ हजार १५० रुपैयाँ मूल्य कायम गरी बरामद गरिएको चिनी सुठौली भन्सार चलान गरिएको निरीक्षक बोहराले बताइन । 

श्रोत अनुसार सो चिनी ट्रकबाट अवैध रूपमा चाकर चौडा नाकाबाट भित्राइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ