arrow

प्रेस काउन्सिलको अध्यक्ष फेर्ने कसरत : कांग्रेस मन्त्रीहरुले रोके किशोर श्रेष्ठको नाम

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
cabinet-sthaniye-tah-nirnaye.jpeg
काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा किशोर श्रेष्ठलाई ल्याउने सरकारको योजना कांग्रेस मन्त्रीहरुले रोकेका छन् । 
 
सरकारले विहिबारको मन्त्रिपरिषद् बैठकमा अध्यक्ष बोर्णबहादुर कार्कीलाई हटाएर प्रेस काउन्सिलका सदस्य किशोर श्रेष्ठलाई अध्यक्ष वनाउने प्रस्ताव गर्न खोजेपनि कांग्रेस मन्त्रीहरुले त्यसलाई अस्वीकार गरेका बैठक पछि एक कांग्रेस मन्त्रीले –भने । 
 
संचारमन्त्री सुरेन्द्र कार्कीले श्रेष्ठ नाम प्रस्ताव गरेपछि कांग्रेस मन्त्रीहरुले आपत्ति जनाए । प्रधानमन्त्री पुष्पकमल दाहालले श्रेष्ठको नाम तीन पटक सम्म ल्याइसकेको बताइएको छ ।
 
प्रधानमन्त्रीले काउन्सिलको अन्य सदस्यमा कांग्रेस निकटलाई राख्ने भन्दै मिलाउन खोजेपछि यसबारे थप छलफल नगरी केही भन्न नसकिनेमा कांग्रेस मन्त्रीहरु पुगेका छन् । प्रधानमन्त्रीले बाँकी सदस्यहरु कांग्रेसलाई दिने भनेपनि उनीहरुले असहमति कायम राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ