काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा किशोर श्रेष्ठलाई ल्याउने सरकारको योजना कांग्रेस मन्त्रीहरुले रोकेका छन् ।
सरकारले विहिबारको मन्त्रिपरिषद् बैठकमा अध्यक्ष बोर्णबहादुर कार्कीलाई हटाएर प्रेस काउन्सिलका सदस्य किशोर श्रेष्ठलाई अध्यक्ष वनाउने प्रस्ताव गर्न खोजेपनि कांग्रेस मन्त्रीहरुले त्यसलाई अस्वीकार गरेका बैठक पछि एक कांग्रेस मन्त्रीले –भने ।
संचारमन्त्री सुरेन्द्र कार्कीले श्रेष्ठ नाम प्रस्ताव गरेपछि कांग्रेस मन्त्रीहरुले आपत्ति जनाए । प्रधानमन्त्री पुष्पकमल दाहालले श्रेष्ठको नाम तीन पटक सम्म ल्याइसकेको बताइएको छ ।
प्रधानमन्त्रीले काउन्सिलको अन्य सदस्यमा कांग्रेस निकटलाई राख्ने भन्दै मिलाउन खोजेपछि यसबारे थप छलफल नगरी केही भन्न नसकिनेमा कांग्रेस मन्त्रीहरु पुगेका छन् । प्रधानमन्त्रीले बाँकी सदस्यहरु कांग्रेसलाई दिने भनेपनि उनीहरुले असहमति कायम राखेका छन् ।