arrow

एआईजीहरुको पदस्थापन, को कहाँ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
police-head-Q.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको पदस्थापन गरेको छ । आईजीपीका मुख्य प्रतिस्पर्धी रहेका श्याम ज्ञवालीलाई उपत्यकामा पठाएको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केही दिनअघि बढुवा भएका चार एआईजीहरुको पदस्थापन गर्दै ज्ञवालीलाई त्यहाँ पठाएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआईजी ज्ञवाली केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा किरण बज्राचार्यलाई पठाइएको छ । 

उनी महिला आईजीपी हुने पखाईमा थिइन् तर यसपटक सरकारले उनलाई नियुक्त गर्न सकेन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) मा टेकप्रसाद राईको पदस्थापन गरिएको हो । 

प्रहरी हेडक्वार्र्टरमै रहेको प्रशासन विभागमा भने एआईजी दीपक थापालाई पदस्थापन गरिएको छ । प्रशासनिक काममा पोख्त रहेका थापालाई प्रशासनिक जिम्मेवारी दिएको हो । 

अन्य चार एआईजीको बढुवा सिफारिस मात्रै भएकाले पदस्थापन हुन बाँकी रहेको छ । 

यसअघि कोशी प्रदेशमा एसएसपी राजेशनाथ बास्तोलालाई पठाइएको थियो भने गण्डकीमा एसएसपी उमेशराज जोशीलाई खटाइयो ।

त्यसैगरी र सुदूरपश्चिममा भरत बोहोरालाई पठाइएको थियो । बास्तोला, जोशी र बोहोराले सम्हालेको प्रदेशमा डीआईजीको दरबन्दी छ । उनीहरु तीन जना नै डीआईजी बढुवाका प्रतिस्पर्धी हुन् । 

यसअघि मधेस प्रदेशमा डीआईजी किरण राणा र बागमती प्रदेशमा दुर्गा सिंहलाई पठाइएको थियो । गण्डकीमा बुद्धि गुरुङलाई यथावत राखिएको छ । एआईजी बढुवापछि एसएसपीहरुको बढुवा सिफारिस हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ