arrow

बैंकिङ्ग क्षेत्रको बढ्दो बेथिति रोक्न वित्तीय साक्षरता बाँड्दै लक्ष्मी

logo
नारायण वली,
प्रकाशित २०७९ चैत १६ बिहिबार
Bijaya Gautam-Bank-2.jpg

रुपन्देही । पछिल्लो समय बैंकिङ्ग कसुर र बैंकका बारेमा सामान्य जानकारी समेत नहुँदा नागरिकहरु बैंकमा किन ?  के लागि र कसरी गर्दा वित्तीय अनुशासन सुरक्षित हुन्छ जस्ता कुराहरुको ज्ञान नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको छ ।

सोही वित्तीय साक्षरताको अभावले आएका समस्याहरुलाई निरुत्साहित गर्दै चुस्त राख्न युवाहरुलाई लक्षित गरी बुटवलको अमरपथमा रहेको लक्ष्मी बैंक लिमिटेड शाखा कार्यालयले अक्सफोर्ड कलेज बुटवलका कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय सुशासनलाई कसरी अनुशरण गर्ने र युवाहरुलाई वित्तीयका बारेमा जानकार बनाउँदै बेथितिलाई निरुत्साहित गरी बैंकको पहुँचलाई विश्वासिलो बनाउन सकिनेमा जोड दिएको छ । 

१ सय ४० जना विद्यार्थीहरुलाई वित्तीय साक्षरताका बारेमा प्रशिक्षण दिएका लक्ष्मी बैंक बुटवल शाखा प्रमुख विजय गौतमले युवाहरुलाई वित्तीय साक्षरताको ज्ञान नबढाउने हो भने बैंक भित्रका अन्य कानूनी बुँदा, सुरक्षित बचत, लगानी, ऋण प्रवाहपछि भुक्तानी गर्ने, बैंक प्रयोग र यसका फाइदाका बारेमा जानकारी गराउन आवश्यक रहेको बताए ।

युवालाई वित्तीय साक्षरताको सामान्य आवश्यक्ता, वित्तीय साक्षरताको प्रमुख नयाँ दृष्टिकोण, वित्तीय अनुशासन सुरक्षित तरिकाले डिजिटल लेटफर्महरुको प्रयोग युवाहरुले कसरी वित्तीय समावेशीकरणमा योगदान गर्न सक्छन् जस्ता सामान्य चरणलाई प्रकाश पारेको बैंकका शाखा प्रमुख गौतमले जनाए । 

सो क्रममा विद्यार्थीहरुले बचत र लक्ष्य निर्माण तथा वित्तीय अनुशासनलाई पूरा गर्न के–कस्ता कुरामा ध्यानदिनु पर्छ जस्ता जिज्ञासा सोधेका थिए । वित्तीय लक्ष्य निर्माण, विमा, वचत, ऋण, वजेट र विप्रेषणका बारेमा प्रकाश पारिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ