- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । मुलुकको दोस्रो पंक्षी आरक्ष जगदीशपुर ताल पाहुना चराको चहलपहलले मनमोहक देखिएको छ । तालमा चराका चिरविराहट, बात्सल्य प्रेम, जलक्रिया र आहारविहारले तालमा आउने स्वदेशी विदेशी पर्यटक आल्हादित बन्ने गरेका छन् ।
मुलुकमै सबैभन्दा धेरै पानी चरालाई आश्रय प्रदान गर्दै आएको जगदीशपुर तालमा पानी चरा भने घटदै गएका छन् । यहा तीन वर्षदेखि निरन्तर घट्दै गएको छ ।
सन् २०२२ को तुलनामा २०२३ मा ४ प्रतिशत चरा घटेका छन् । २०२१ को तुलनामा २०२२ मा २३ प्रतिशत चरा घटेका थिए । २०२३ मा ९ हजार ४८७ चरा गणना गरिएकोछ । २०२२ मा ९ हजार ८ सय ३७ चरा गणना गरिएको थियो ।
२०२१ मा यहा १२ हजार ६३ चरा गणना गरिएको थियो । २०२० मा यहा“ २० हजार ८ सय ७ चरा गणना गरियो । २०१९ मा १४ हजार ९ सय ८० गणना गरिएको थियो ।
वेटल्याण्ड ईन्टरनेशनलको संयोजनमा नेपालमा संपन्न पानी चरा गणना राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा. हेमसागर बराल नेतृत्वमा रहेको चराविद्हरु टिका गिरी, डिबी चौधरी र धीरज चौधरीले चरा गणना गरेका थिए । १ सय ५७ हेक्टरको तालमा यस वर्ष ४४ प्रजातिको चरा गणना गरियो ।
तालमा सबैभन्दा धेरै ४ हजार बढी मरुल छन् । त्यसपछि सुनजुरे हास एक हजार ९३० र विजुलागैरी ९ सय ३० वटा छन् । सिलसिले, सानो जलेवा र ठूलो जलेवा पनि छन् । श्वेता“खीभौं, नादुन र कैलो टाउके हाँस पनि छन् । त्यस्तै सुईरोपुछे्र, चखेवाचखेवी, बेल्चा ठुँडे, हरिहाँस, बगाले सिमकुखुरा, सुईरोठूडे, मालक र हरियो टाउकेहा“स लगायत पनि गणना गरिएको थियो ।
कपिलवस्तु नगरपालिका ९ र १० मा पर्ने १ स ५७ हेक्टरको ताल सन् २००३ मा विश्व सीमसार क्षेत्रमा सूचीकृत भएको थियो । जैविक विविधता, सीमसार र चराकाकारण महत्वपूर्ण हु“दा स्विट्जरल्यान्ड स्थित रामसार सचिवालयले सूचीकृत गरेको थियो । कृत्रिम रुपमा बनेको मुलुकको सबैभन्दा ठूलो ताल हो ।