arrow

पत्रकारलाई चनाखो भएर कलम चलाउन पौडेलको आग्रह

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
ramchandra-paudel__426263120_816858152.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चनाखो भई कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । विजयादशमी, दीपावली, छठ पर्वको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा उनले मुलुक सङ्गीन घडीमा उभिएको बताउँदै लोकतन्त्रलाई बदनाम गर्ने तत्व सक्रिय षड्यन्त्रमा लागेको बताए । 
 
“संविधान कार्यान्वयन हुन नदिन र निर्वाचन बिथोल्न लाग्नेविरुद्ध गोलबद्ध भई सत्य तथ्य समाचार सम्प्रेषण गरी जनतालाई जानकारी दिन आम पत्रकार वर्गमा अनुरोध गर्छु”–वरिष्ठ नेता पौडेलले भने । वरिष्ठ नेता पौडेलले मुलुकलाई सङ्कटबाट मुक्त गर्ने उपाय राजनीतिक नेतृत्वको इच्छाशक्तिमा निर्भर रहेको बताए । 
 
“लोकतन्त्रविरुद्ध मैले ठूलो षड्यन्त्र देखेको छु । तपाईंले कलम तिखो बनाई सोच्नुहोस्, चिन्तन, अनुसन्धान गरी सत्य तथ्य खोजी गर्नुहोस्” पत्रकारलाई लक्षित गर्दै वरिष्ठ नेता पौडेलले भने ।  विभिन्न समाचार माध्यममा कार्यरत तथा स्वतन्त्र एवम् वरिष्ठ पत्रकारहरुको भेलामा उपस्थित थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ