arrow

चार डीआईजीको एआईजीमा बढुवा, एक नम्बरमा सन्दीप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
sandip-bhandari-dig-aig.jpg

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा भएका छन् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।  

डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा गरिएको हो । भण्डारीको एक नम्बरमा बढुवा भएको छ । उनी सबैभन्दा निष्कलंक मानिन्छन् ।

यसअघि टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भएका थिए । 

उनीहरुको पदस्थापन पनि भइसकेको छ । उनीहरुकै व्याची बसन्तबहादुर कुँवर आईजीपी भएका छन् । शुक्रबार बढुवा भएका उनीहरुले दर्ज्यानी चिन्ह लगाएपछि पदास्थापन हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ