arrow

नेत्रज्योति सङ्घ कपिलवस्तुको अध्यक्षमा श्रीवास्तव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
manoj-kumar.JPG

कपिलवस्तु । नेपाल नेत्र ज्योति सङ्घ कपिलवस्तुको निर्वाचनमा मनोज कुमार श्रीवास्तव अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राजेश ज्ञवाली भन्दा ४ मत बढी ल्याएर विजयी भए । 

१८१ मतदाताले भाग लिएको निर्वाचनमा श्रीवास्तवले ८९ र ज्ञवालीले ८५ मत ल्याएका थिए । 

यता १० जना कार्य समिति खुला सदस्य तर्फ कृष्ण कुमार केसी, कृष्णकेश श्रेष्ठ (भुण्टे )गोपाल भण्डारी ,चर्तरभूज उपाध्याय ,जनार्दन पराजुली ,बलराम घिमिरे ,वीरेन्द्र कुमार बर्मा ,मनवहाल वढई, राम निवास चौधरी र मुख्तर अहमत खाँ निर्वाचित भएका छन्  ।

महिला सदस्य तर्फ कमला सापकोटा र रिता मिश्रा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।  अध्यक्षमा निर्वाचित मनोज कुमार श्रीवास्तवले सङ्घको विकास र सेवा प्रवाहलाई गुणस्तरीय बनाउने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ