arrow

आर्थिक मन्दी मार

बुटवलका घरधनीले दिए व्यवसायीलाई २० प्रतिशत घरबहाल छुट

logo
नारायण वली,
प्रकाशित २०७९ चैत २८ मंगलबार
amarpath-building-butwal.jpg

रुपन्देही । बुटवलका एक घरधनीले आफ्ना व्यवसायिक सटरहरुको १५ देखि २० प्रतिशत घरबहाल छुट दिने घोषणा गरेका छन् । पछिल्लो समय देशमा देखिएको चरम आर्थिक मन्दीका कारण मारमा परेका व्यवसायीहरुलाई सहुलियत दिने उद्देश्यले हालको घरबहाललाई छुट दिएर पुरानै बहाल शुल्कलाई कायम गरिने भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ५ अमरपथका मृगेन्द्रकुमार शेरचनले आफ्ना व्यवसायीक सटरहरुको एक वर्ष सम्मका लागि घरबहाल दिने बताएका हुन् । शरेचनले यसअघि कोरोना महामारीका बेला लकडाउनले मारमा परेका व्यवसायीहरुलाई ३ महिनाको घरबहालमा छुट दिएर पश्चिम नेपालको पहिलो घरधनीको रुपमा परिचित भएका थिए । सो क्रममा शरचनले छुट गरेपछि पश्चिम नेपालसहित मध्य तथा सुदूरपश्चिमसम्म धेरै घरधनीहरुले छुट दिएको घोषणा गरेका थिए।

हाम्राकुरासँग घरधनी शेरचनले भने, 'पछिल्लो समय देश आर्थिक संकट, चरम महँगीले सीमा नाघेको छ । जसले गर्दा घरबहाल तिरेर व्यवसाय गर्नेहरु थप मारमा परेका छन् । व्यापारिक शहर बुटवल दिनप्रतिदिन सुनसान बन्दै गएको छ। त्यसैले घरधनीले बहाललाई केही छुट सकेमात्रै  व्यवसायीहरु टिक्ने भएकाले आफूले वहालमा छुट दिने घोषणा गरेको हुँ ।'

यद्यपि यस्तै समय रहने र बहाल बढ्दै जाने हो भने शहरमा कोही बस्न नसक्ने उनले बताए । 

गत बैशाख ३० गतेको स्थानीय निकायको निर्वाचनमा राप्रपाबाट बुटवल उपमहानगरपालिकाको मेयर पदमा निर्वाचन लडेका शेरचनले नगरभित्र रहेको चर्को घरबहाललाई वैज्ञानिक रुपमा लगेर बुटवललाई पहिलेको जस्तै गुल्जार बनाउने जस्ता योजना ल्याउन बुटवल उपमहानगरलाई सुझाव दिए ।

शेरचन लुम्बिनी अञ्चलका पहिलो रक्तदाता हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ