arrow

तेह्र एसएसपी डीआईजीका लागि सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
police-head-Q.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल प्रहरीले १३ एसएसपीलाई नायव महानिरीक्षक (डीआईजी) को लागि सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो । 

प्रहरी प्रधानकार्यालयले जारी गरेको सिफारिस सूचना अनुसार डीआईजी बढुवाका लागि कुवेर कडायत पहिलो नम्बरमा सिफारिस भएका छन् । त्यस्तै  केदार ढकाल दोस्रो र विष्णुकुमार केसीलाई तेस्रो नम्बरमा सिफारिस गरिएको छ । 

प्रहरीमा खाली भएका १३ डीआईजीको प्रतिस्पर्धामा आईजीकै ब्याचीमध्ये भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी बढुवाका लागि सिफारिस गरिएको छ । 

यस्तै यज्ञविनोद पोखरेल र विकासराज खनाललाई पनि बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ । २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र सोही विज्ञापनका वैकल्पिकहरु डीआईजी सिफारिस भएकाहरु बढुवा सिफारिस भएका हुन् । 

२०७७ वैशाखमा एसएसपी भएका १० जना डीआईजी बन्दा पछिल्लो ब्याचबाट ३ जना सिफारिस भएका छन् । यसपछि २०७७ पुसमा ११ एसपी एसएसपीमा बढुवा भएका थिए ।

उनीहरुमध्येबाट अर्जुन चन्द ठकुरी, सुरेन्द्रप्रसाद मैनाली, २०७८ कात्तिक मंसिरमा एसएसपीमा बढुवा भएका विकासराज खनाल पनि सिफारिस भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ