arrow

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
Elephant-1-750x500.jpeg
तस्बिर – फाइल ।

गोलबजार । सिराहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो ।

नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए ।

घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुढाथोकीले जानकारी दिए । 

शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ