arrow

उधारो लिने, नगद बेच्ने

डेढ वर्षदेखि दूधको २५ लाख नदिएपछि किसानहरु कस्तुरी मिष्ठान्न र पाठक दूध डेरीविरुद्द धर्नामा

logo
नारायण वली,
प्रकाशित २०८० वैशाख ४ सोमबार
kasturi-pathak-4.jpg

रुपन्देही । सहकारीको माध्यमबाट दूध उत्पादनमा जोडिएका रुपन्देहीको सैनामैनाका किसानहरु दूध बेचेको पैसा नपाएर हैरानी ब्यहोरेका छन् । आर्थिक उत्पादनको मुख्य पेशा कृषिलाई अँगालेका किसानहरुले लामो समयदेखि दूध बिक्री गरेको पैसा नपाएपछि पीडित बन्न पुगेका छन् । सैनामैना नगरपालिका साल्झण्डी स्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थाका ४ सय १९ शेयर सदस्य, र अन्य २ सय ३६ जना गैरसदस्यद्धारा उत्पादित ५ हजार लिटर दूध मिष्ठान भण्डार र पाठक दूध डेरीलाई दिँदै आएका किसानहरुले उधारोमा दिएको दूधको पैसा पाउन निकै सकस भएको सो सहकारीका अध्यक्ष तिलकराम घिमिरेले गुनासो गरे । 

अध्यक्ष घिमिरेले विगत १२ वर्ष यतादेखि दूधको कारोबार गरेका मिष्ठान्न र पाठकले किसानबाट उधारोमा ल्याउने यता नगदमा बिक्री गर्ने भए पनि किसानहरुको पैसा करिब डेढ बर्षदेखि नदिएपछि किसानहरु सहकारीको कार्यालय घेराउ गर्न आएका थिए । अन्ततः विस्तृत कुरा किसानहरुलाई भनेपछि किसानहरुले सम्बन्धित ठाउँमा गएर धर्ना बसेका हुन् । 

बक्यौता रकम दिनका लागि सहकारीले धेरै पटक पत्र पठाए पनि कुनै सुनुवाई नभएको घिमिरेले बताए । किसानसँग उधारोमा उठाएर आफूले नगद बेचेर पनि पैसा नदिएपछि बाध्य भएर धर्ना बसेको अध्यक्ष घिमिरेको भनाइ छ । 

२०६७ सालदेखि बुटवलको ट्राफिक चोकमा रहेको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दूध डेरीलाई दूध दिँदै आएको बताइएको छ । किसानको रकम तिर्न आनाकानी गरेको, खाली दिएको चेक गत मंसिरबाट नसाटिएपछि दूध दिन छोडेको सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थाले जनाएको छ ।

सोमबार बिहान दूध बेचेका किसानहरुले रकम नपाएपछि दुवै पसल अगाडि धर्ना दिएका छन् । सहकारी एवं किसानहरुका अनुसार कस्तुरी मिष्ठान्न भण्डार र पाठक दूध डेरीले २५ लाख ३० हजार ४ सय रुपैयाँ किसानहरुलाई दिन बक्यौता रहेको जनाइएको छ ।

कस्तुरी मिष्ठान्न भण्डारले १३ लाख ७० हजार ४ सय र पाठक दूध डेरीले ११ लाख ६० हजार रुपैयाँ तिर्न बाँंकी रहेको उल्लेख छ । खाली चेक दिएर किसानलाई झुक्काउँंदै आएका उक्त दुई व्यापारिक केन्द्र बुटवलका नाम चलेका संस्था हुन् । 

यस विषयमा वास्तविकता बुझ्नका लागि कस्तुरी मिष्ठान्न भण्डारमा सम्पर्क गर्दा आनाकानी गरियो । पाठक दूध डेरीका सञ्चालक नेत्र पाठकले आफूसँग भएको आपसी समझदारी अनुसार दुध नपुर्याएपछि पैसा रोकिदिएको बताउँदै पैसा नभएर नदिएको नभई सम्झौता अनुसार नदिएको  भनी आफ्नो बचाउ गरेका पाठकले हाम्राकुरासँगको कुराकानीमा धर्नामा बसेका किसानहरुलाई पैसा दिइसकेको भनेर दाबी गरे ।

तर यता धर्नामा बसेका किसानहरुलाई पुनः एक हप्ताको खाली चेक दिएको किसानहरुले बताएका छन् । चेक दिन थालेको फोटो सुरक्षित छ । कस्तुरी मिष्ठान्नले भने कुनै सम्बोधन नगरेको जनाइएको छ । 

शुरुमा ५ हजारदेखि ५ हजार ५ सय लिटर उत्पादन हुने दूध अहिले धेरै घटेको भए पनि हाल ४ हजार लिटर दूध उत्पादन हुँदै आएको सहकारीले बताएको छ । उत्पादित दूधलाई बुटवलका अन्य संस्थाहरुलाई दिँदै आएको सहकारीका अध्यक्ष घिमिरे जनाए । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ