arrow

आँखा परीक्षणको ओपीडी शूल्क घट्यो  

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
taulihawa-eye.JPG

कपिलवस्तु । नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा कपिलवस्तुको छैटौँ अधिवेशनबाट निर्वाचित शाखा समितिको पहिलो बैठकले आँखा अस्पतालको ओपीडी शुल्क घटाउने निर्णय गरेको छ । सङ्घले सञ्चालन गरेको तौलिहवा आँखा अस्पतालको हाल सम्मको ओपीडी शुल्क १ सय रहेकोमा सो शुल्क घटाएर ८० रुपैयाँ कायम गर्ने निर्णय गरेको हो ।

 त्यसै गरि बैठकले मिथुला उपाध्याय, मिठाईलाल हरिजन, खग प्रसाद चापागाईँ र कपिलवस्तु नगरपालिकाबाट प्रतिनिधिका रूपमा आएका रुद्र बहादुर गैरे (प्रकाश गैरे) लाई सदस्य मनोनयन गरेको छ । त्यसै गरि समिति बैठकले पदाधिकारीहरू तर्फ उपसभापतिमा राम निवास चौधरी, सचिवमा जनार्दन पराजुली, कोषाध्यक्ष वीरेन्द्र कुमार वर्मा, सह कोषाध्यक्षमा रिता मिश्रा र सह सचिवमा मुख्तार अहमद खाँलाई चयन गरेको छ ।  

सो अवसरमा बोल्दै निवर्तमान सभापति रमेश शर्माले निर्वाचित समितिले सबैसँग सहकार्य गरि सङ्घ र तौलिहवा आँखा अस्पतालको विकासमा अगाडी बढ्नु पर्ने सुझाव दिए । नेत्र ज्योति सङ्घ विशुद्ध परोपकारी सामाजिक संस्था भएकाले परोपकारको भावनाका साथ सामाजिक कार्य गर्न तल्लीन रहने सभापति मनोज कुमार  श्रीवास्तवले बताए । अस्पतालको विकासको लागि सबैसँग सहकार्य गर्ने समेत श्रीवास्तवले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ