arrow

नागरिकता विधेयक छिटो पास गरौँ : आचार्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
surendra-raj-acharya.jpg

कपिलवस्तु । प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले नागरिकता विधेयक छिटै पास गर्नको लागि माग गरेका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकको शून्य समयको प्रयोग गरि सभामुख मार्फत सरकार र सबै दलहरूलाई आग्रह गरेका हुन् । 

बैठकमा बोल्दै आचार्यले तत्कालीन  सरकारले पेश गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा बाट पास भएर गए पनि राष्ट्रपतिबाट स्वीकृत नहुँदा लाखौँ तराइका नागरिक हुन बाट वञ्चित भएको बताए । 

दुवै सदनबाट नागरिकता विधेयक पास नहुँदा तत्काल सदन वाट विधेयक पास भएर तराईमा दीपावली गरे पनि त्यसले सार्थक पाउन नसकेको आचार्यले बताए । 

सबै दल मिलेर नागरिकताको समस्या तत्काल पास गर्न आग्रह गरेका छन् । राजनैतिक दलहरू मिलेर तत्काल नागरिकताको समस्या समाधान गर्न सांसद आचार्यले ध्यान आकर्षण गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ