arrow

नेपाल प्रहरीका १३ एसएसपीको बढुवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
home-ministry-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका रिक्त रहेको १३ डीआईजीमा वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बढुवा गरेको छ । आईजीपी बसन्त कुँवरका ब्याचमेट एसएसपी विकासराज खनालले बिहीबारबाट अवकाश पाउने अवस्था आएपछि मन्त्रालयले सबै प्रकृया पुर्याएर बुधबार नै बढुवा समितिको बैठक राखेर बढुवा गरेको हो । 

बुधबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढुवा समितिको सिफारिस अनुसार डीआईजी बढुवाको निर्णय गरेका हुन् । मंगलबार बढुवा सिफारिसविरुद्ध २ एसएसपीले उजुरी गरेका थिए ।

त्यो उजुरीमा एकैदिन छानबिन सिध्याएर बुधबार नै बढुवाको निर्णय भएको थियो । बुधबार बढुवाको निर्णय नभएको अवस्थामा एसएसपी खनाल उमेर हदका कारण अनिवार्य अवकासमा जाने थिए । 

बढुवा सिफारिसविरुद्ध मंगलबार एसएसपीहरु चक्रबहादुर सिंह र अनुराग द्विवेदीले लोक सेवा आयोगमा उजुरी दिएका थिए । डीआईजी बढुवा हुनेहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ र जनक भट्टराई,लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन् । 

२०७७ वैशाखमा एसएसपी भएका १० जना डीआईजी बन्दा पछिल्लो ब्याचबाट ३ जना सिफारिस भएका थिए । यसअघि बढुवामा केही एसएसपीहरुले असन्तुष्टि जनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ