arrow

कपिलवस्तुको विजयनगरमा आगलागी हुँदा करोड बढी क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
bijayanagar-fire.JPG

कपिलवस्तु । विजयनगर गाउँपालिकामा आगलागी हुँदा अन्दाजी एक करोड बढी रुपैयाँको धनमालको क्षति भएको छ । गाउँपालिको वडा नम्बर ५ सिसवामा आगलागी भएको प्रहरीले जनाएको छ । फुसको ९ ओटा पूर्ण घर, १७ ओटा आंशिक गरि २६ ओटा घर गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

बिहीबार करिब साढे ११ बजेतिर लागेको आगोले खाद्यान्न, लत्ताकपडा, कागजपत्र लगायतको सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । आगलागीमा परि १ एउटा पाडो जलेर मरेको उनले बताए । मानवीय क्षति नभएको प्रहरी निरीक्षक रानाले बताए ।

आगलागीको कारण अहिले खुल्न नसकेको उनले बताए । शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रण आएको हो ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले तत्कालका लागि आगलागी पीडितलाई राहतको लागि प्रतिघरलाई ५० किलो दरले चामल, दाल, तेल, मसला लगायत आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराउने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ