arrow

आगलागी प्रभावितलाई कांग्रेस नेताको सहयोग 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
aaglagi-sure.JPG

कपिलवस्तु । गत चैत २८ गते यशोधरा गाउँपालिका वडा नं ८ मधुनगरमा लागेको आगोलागी प्रभावितहरूलाई कांग्रेस नेता सुरेन्द्र राज आचार्यले सहयोग गरेका छन् । 

प्रभावितहरूको   घरमा पुगेर कपिलवस्तु क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य आचार्यले केही आर्थिक सहयोग गर्नुको साथै घर निर्माणको लागि समन्वय गरेका हुन् । 

घर निर्माणको लागि काठको लागि डिभिजन वन कार्यालय र अन्य सहयोगको लागि जिल्ला प्रशासन कार्यालयमा समन्वय गरेका छन् । 

सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलमको समेत सहभागिता रहेको थियो । 

आगोलागिमा स्थानीय कमला पासी,सोनमती पासी,लक्ष्मी पासी र बेचना पासीको घर जलेर पूर्ण रूपमा नष्ट भएको थियो । साथै पशु चौपाया पनि मरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ