arrow

नरभक्षी बाघ नियन्त्रणमा, महिला अझै बेपत्ता  

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०८० वैशाख ९ शनिबार
tiger2019-05-29.jpeg
तस्बिर – फाइल ।

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका ८ खप्टी खोला नजिक आतंक फैलाउने बाघलाई नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, शुक्लाफाँटा वन्यजन्तु आरक्ष , वन डिभिजन कार्यालय,  वनकर्मीको टोलीले बाघलाई नियन्त्रणमा लिइएको सब वन डिभिजन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले बताए ।  

बाघलाई बेहोश पारेर नियन्त्रणमा लिइ शुक्लाफाँटा वन्यजन्तु आरक्षमा लगिएको वन अधिकृत यादवले बताए । बाघ भाग्न नदिन नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयहरुले रातभर सो क्षेत्रमा घेराबन्दी गरेका थिए । 

बेलौरी(बेलडाँडी हुलाकी राजमार्गस्थित उक्त मानव बस्ती नजिकै पसेको बाघले शुक्रबार बेलौरी नगरपालिका ८ कि अन्दाजी ४५ वर्षीया गंगा चन्दमाथि आक्रमण गरेको थियो । 

बाघको आक्रमणमा परी बेपत्ता रहेकी उनको खोजी कार्य जारी रहेको सहायक वन अधिकृत यादवले बताए । 

सो क्षेत्रमा पहिलोपटक बाघले आतंक मच्चाउन थालेपछि स्थानिय त्रसित बनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ