arrow

आज दोस्रो पटक विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
lila-giri-rupendehi2-kha-uml.jpg

लुम्बिनी ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज दोस्रो पटक विश्वासको मत लिने भएका छन् । सभामुखले प्रदेशसभा नियमावली, २०७९ नियम १२ को उपनियम ३ बमोजिम आज बैठक आह्वान गरेका छन् । 

सोही बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिँदै छन् । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

राष्ट्रपतिको चुनावसँगै केन्द्रमा बदलिएको सत्ता समीकरणका कारण नेकपा (माओवादी केन्द्र) लगायतका दलले गत चैत १२ गते मुख्यमन्त्री गिरी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । 

लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ सदस्यको मत चाहिन्छ । प्रदेशसभामा रहेको ८७ सदस्यमध्ये अहिले नेकपा (एमाले) का २९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार सदस्यले मात्रै सरकारलाई समर्थन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ