arrow

सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
sandeep-lamichhane-100-wkt.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपी राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । नाबालिकमाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्धाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो । 

चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्धालाई आज पेशीमा राखेको हो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि आजका लागि पेशी तोकिएको हो ।

सर्वोच्च अदालतले लामिछानेको मुद्धालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन ।

यता सन्दीप भने राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा सहभागी भइरहेका छन् । आज नेपालले साउदी अरेबियाविरुद्ध खेल्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ