arrow

आजै आउन सक्ने सन्दीप लामिछाने विरुद्धको बलात्कार आरोपको मुद्दाको फैसला 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
sandeep-lamichhane3.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपी राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ। काठमाडौं जिल्ला अदालतले सम्भवतः आज सुनाउने फैसलाका लागि न्यायाधीश ढकालको इजालसमा पेशी तोकिएको हो । 

पेशी चौथो नम्बरमा छ । लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुन लागेको हो । बहस सकिएको खण्डमा आजै फैसला आउनेछ ।

अदालतको आदेश अनुसार पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरुको बकपत्र गराउन छुटेको तथा सो कार्य गत बुधबार सम्पन्न भएपछि आजै फैसाला हुन सक्ने बुझिएको छ । गत बुधबार चिकित्सक र  क्रिकेटरसहित ३ जनाको बकपत्र गराइएको थियो।

नाबालिग बलात्कारको मुद्धामा पुर्पक्षका लागि थुनामासमेत परेका लामिछाने उच्च अदालतको आदेशबाट रिहा भएका थिए । उनी जेल बाहिर नै बसेर अहिले मुद्धा लडिरहेका छन् ।

सो क्रममा उनले क्रिकेट पनि खेलिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ