arrow

लुम्बिनीबाट पनि बाहिरियो एमाले

मुख्यमन्त्री लिला गिरीले पाएनन् विश्वासको मत, एमाले नेतृत्वको तेस्रो सरकार ढल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
lila-giri-rupendehi2-kha-uml.jpg
तस्बिर – फाइल ।

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी विश्वासको मत पाउन असफल भएका छन् । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत पाउन असफल भएपछि उनी स्वतः पदमुक्त भएका छन् ।

गिरी पदमुक्त भएसँगै नेकपा एमालेले नेतृत्व गरेको चार वटा सरकार मध्ये तीन वटा सरकार ढलेको छ । यसअघि सुदूरपश्चिम र गण्डकी सरकार ढलेको थियो । 

अब लुम्बिनीमा नेपाली कांग्रेस नेतृत्वमा सरकार बन्नेछ । 

सरकार निरन्तरताका लागि पाउनु पर्ने ४४ मतमध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गरे । उनलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ प्रदेश सभा सांसदले मात्रै मत दिएपछि उनी स्वतः पदमुक्त भएका हुन् ।

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो । प्रदेश सभामा ८७ जना सांसद रहेका छन् ।

नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन् । उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम पुनस् विश्वासको मत मागेका हुन् ।

प्रदेशसभा बैठकमा बिशेष सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनको लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको दाबी गरेका थिए ।  

‘यो सय दिनको अवधिमा मेरो नेतृत्वको लुम्बिनी प्रदेश सरकारले केही महत्त्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ र थप आधार पनि निर्माण गरेको छ,’ विश्वासको मत माग्दै उनले भनेका थिए, ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको मुल उद्देश्य पुरा गरी दिगो विकास लक्ष्य हासिल गर्न लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्र, सहकारी, समुदाय र विकास साझेदारसँग सुदृढ सम्बन्ध र सहकार्यको थालनी गरेको छ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ