arrow

नालामा डुबेर महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
death_1618213452.jpg

महेन्द्रनगर । कञ्चनपुरको पुर्नबास नगरपालिकामा लमैया नाला तर्नेक्रममा एक महिलाको डुबेर मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने क्रममा पुर्नवास नगरपालिका-१० कालिका मन्दिरका ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो ।

प्रहरीका अनुसार नालामा महिला डुबेको देखेपछि स्थानीय बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

मृतक महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ