arrow

बोकालाई हैजा खोप 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
goat-ppr-vaccine.jpg
तस्बिर – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ७ स्थित सडेपारमा बोकालाई पीपीआर खोप लगाइँदै, रासस ।

बैतडी । खसीबोकालाई हैजा रोगबाट बच्नका लागि पीपीआर खोप लगाइएको छ । यो क्रम देशैभर चलिरहेको छ । सोही क्रममा बैतडीमा ८० हजार  बाख्रालाई पीपीआर विरुद्धको खोप लगाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सो सङ्ख्यामा पिपिआरविरुद्धको खोप लगाइएको हो । 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पिपिआर रोगबाट बचाउन बाख्रालाई खोप लगाइएको हो ।  केन्द्रले जिल्लाका १० वटै स्थानीय तहमा बाख्रालाई लगाउनका लागि पिपिआर खोप पठाइएको र सोहीअुनसार लगाइएको जनाएको छ । यो अभियान दुई महिनासम्म सञ्चालन भएको थियो । 

पिपिआर रोगबाट बाख्रालाई बचाउनका लागि  जिल्लाभारी  खोप अभियान सञ्चालन गरिएको प्रमुख पन्तले बताए । उनले भने, “बाख्रामा पीपीआर रोग लागेमा ८० प्रतिशत मर्ने सम्भावना रहेकाले त्यो रोगबाट बचाउन खोप अभियान सञ्चालन गरिएको हो । क्षति नहोस भनेर सरकारले पिपिआर खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको छ ।”

बाख्रामा पीपीआर रोग लागेमा पखाला लाग्ने, र्याल सिगान बगाउने, उच्च ज्वरो आउनेलगायत लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने गर्दछन् । 

गत वर्ष पनि बाख्रालाई पीपीआर खोप दिइएको थियो । जिल्लाभरि किसानले करिब रु डेढ लाखको हाराहारीमा बाख्रा पालेको र दुई सय बढी व्यावसायिक बाख्रापालक किसान कार्यालयमा सूचीकृत रहेका पन्तले जानकारी दिए

 



नयाँ