arrow

कपनकी निरा आचार्यका हत्यारा बिर्तामोडमा समातिए

logo
युवराज रेग्मी,
प्रकाशित २०८० वैशाख १७ आइतबार
binod-bk.JPG

झापा । काठमाडौं कपनकी निरा आचार्यको हत्यामा संलग्न एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १० स्थित धुलाबारी निवासी अन्दाजी ३६ वर्षीय विनोद बिक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

केन्द्रीय अनुसन्धान ब्यूरोको सहकार्यमा प्रहरी कार्यालय झापाको टोलीले शनिबार राती १०:०० बजे बिर्तामोड स्थित इलाम बसस्टेण्ड नजिकैबाट निजलाई प्रहरीले पक्राउ गरेको हो। 

आचार्यको हत्या गरी बिक बिर्तामोडको एक होटेलमा लुकेर बसेका थिए । होटेलबाट राती मदिरा पिउन बाहिर निस्किएको बेला उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

वैशाख ७ गते कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै ‘निरु किचेन’ पसलभित्रै बागलुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको चक्कु प्रहारबाट बीभत्स हत्या भएको थियो । आचार्यको हत्या रहस्यमय बन्दै गएपछि सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति नै बनाएर अनुसन्धान अघि बढेको थियो ।

अभियुक्त बिक काठमाडौंको एक क्लबमा बाउन्सर रूपमा कार्यरत रहेको बताइएको छ। कपन क्षेत्रमा कोठा भाडा खोज्दै पुगेका विकले आचार्यलाई सुनको गरगहना लगाएर पसल चलाउँदै गरेको देखेका थिए।

पैसाको लोभमा विकले सुनको गरगहना लुट्ने योजना बनाएको र सुनका गरगहना लुट्ने योजनामै विकले आचार्यको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका विकलाई झापाबाट काठमाडौँ लगिँदै गरेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ