arrow

सडक अतिक्रमण हटाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
sadak-kapilbastu.JPG

कपिलवस्तु । कपिलवस्तु नगरपालिका अन्तर्गत तौलिहवा बहादुरगंज सडक खण्डको वडा नम्बर ४ कोदोहवा चोकमा रहेको सडक अतिक्रमण हटाइएको छ । कोदाहवा चौराहाको सडक क्षेत्र मै घर टहरा र टङ्की भएका कारण दुर्घटना बढ्दै गएपछि सडक अतिक्रमण हटाउन नगरपालिकाले वैशाख १४ गते निर्णय गरिएको थियो । 

नगरपालिको जेसीबीले अतिक्रमण गरी बनाइएका घर टहरा हटाएको हो । अतिक्रमण हटाउन कपिलवस्तु नगरपालिकाका कर्मचारी नेपाल प्रहरी, सशस्त्र प्रहरी , हुलाकी सडक र बाणगंगा सिचाई प्रणालीका कर्मचारीहरू जेसीबी लिएर आइतबार बिहान चौराहामा पुगेका थिए । 

सडक अतिक्रमण गरी बनाइएका ५ घर टहरा तथा सरकारी र बाणगंगा सिचाई प्रणालीको जग्गामा बनाइएका ७ घर टहरा समेत हटाइएको नगरपालिकाका इन्जिनियर राजेश सैनीले बताए । यस अघि २ पटक सम्म नगरपालिकाले कोदाहवामा रहेको अतिक्रमण खाली गर्न सूचना जारी गरे पनि त्यसको बेवास्ता गरिएको थियो । 

नगरपालिकाले पटक पटक सूचना जारी गर्ने र खाली गर्न आग्रह गर्दा समेत बेवास्ता गरे पछि बाध्य भएर यो कदम चाल्नु परेको मेयर सुदीप पौडेलले बताए । ‘ दिनहुँ जसो चौराहामा दुर्घटना हुने गर्थ्यो तर अब भने त्यहाँ दुर्घटनामा कमी हुन्छ ’ उनले भने । अतिक्रमण हटाउने कार्यमा कोदाहवा चौराहावासीले समेत साथ दिएका थिए । प्रजीअ शङ्कर हरि आचार्यले कोदाहवा जस्तै अन्य स्थानको अतिक्रमण समेत हटाइने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ