arrow

१० लाख घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत पक्राउ

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
pakrau-new.jpeg
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौँका शाखा अधिकृत रमेश लामिछानेलाई १० लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। 
 
आयोगको विशेष टोलीले शाखा अधिकृत कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता गर्नुपर्ने वैदेशिक रोजगार संस्थासँग दर्ता प्रमाणपत्र लिने प्रयोजनका लागि विभिन्न बहानामा घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले सोमबार अभियुक्त लामिछानेलाई बिजुली बजारको एक रेस्टुराँबाट पक्राउ गरेको हो । 
 
घुस रकम पुर्‍याउने शिक्षक अनिल पौडेललाई समेत पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । यस्तै, आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नायव सुब्बा रामनरेश रायलाई १२ लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। 
 
ईश्वरपुर नगरपालिका वडा नं ६ का स्वबासीको जग्गा दर्ताका क्रममा प्रतिधुर १० हजार रुपैयाँका दरले घुस लिँदालिँदै उनलाई थलामा नै पक्राउ गरिएको हो। अभियुक्त नासु रायले घुस लिँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले आइतबार मलङ्गवा–१० पक्राउ गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ