arrow

अनुमाको मृत्यु प्रकरणमा डा ढकाल र उनका बुबा समातिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
nurse1.jpg

काठमाडौं ।  काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौं महानगरपालिका–१६ बोहराटारका डा सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ । 

प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्रेष्ठले उनीहरूविरुद्ध जाहेरी दर्ता गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । जाहेरी दर्तापछि सोमबार बिदा परेकाले पक्राउको अनुमति लिन नपाइएको र आज अदालतबाट अनुमति लिइने प्रहरीले तयारी गरेको छ । 

स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । कोशी अस्पतालमा कार्यरत डा ढकालको कोठामा उनी मृत भेटिएको र त्यहाँ सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ । 

उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ