arrow

अर्को बाटोबाट भागे मुख्यमन्त्री

कोशीका मुख्यमन्त्रीले भने-  प्रदेशको नाम फेर्न सम्भव छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
hikmat-karki-edited.jpg

मोरङ ।  कोशी प्रदेशको नामकरणलाई लिएर पहिचानवादी समूहले विरोध गर्दै आएका छन् । सोमबार मोरङको एक कार्यक्रममा पुगेका मुख्यमन्त्री हिकमतकुमार कार्की पहिचानवादीको अवरोधपछि अर्को बाटो भएर विराटनगर फर्किएका छन् ।

मन्त्री कार्की कार्यक्रममा सहभागी हुने खबर आन्दोलनरत पहिचानवादीले उनीविरुद्ध नाराबाजी गरेका थिए । आन्दोलनरत पक्षधरले कार्कीको विरोध गर्दै पूर्वपश्चिम राजमार्गको मङ्गलबारेमा केही बेर सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरूले सडकमा प्रदर्शन गर्न थालेपछि मुख्यमन्त्री कार्की अर्को बाटो भएर विराटनगर फर्किएका थिए । 
मुख्यमन्त्री कार्कीले प्रदेशको नाम फेर्न असम्भव रहेको बताएका छन् । मन्त्री कार्कीले ‘कोशी प्रदेश’ निश्चित सम्प्रदाय, धर्म, पहिचान र जातिभाषाको रूपमा नभएर नेपालकै सबैभन्दा ठूलो प्राकृतिक सम्पदा कोशी नदीको नाम भएको स्पष्ट बताए । 

फागुन १७ गतेको प्रदेशसभामा उपस्थित ९१ प्रतिशत सभासद्ले प्राकृतिक विविधतालाई आधार मानेर कोशी प्रदेश नामकरण गरिएको थियो । 'अब पुनः प्रदेशको नामकरण सम्भव छैन' कार्कीले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ