arrow
ADVERTISEMENT

निलम्बित भए प्रहरीको फरार सूचीका एमाले सांसद कोइरी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
laxmi-mahatto-koiri-mahottari-1-uml-mp-2079-2022.jpg

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य लक्ष्मी महत्तो कोइरीलाई निलम्बन गरेको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार सभामुख देवराज घिमिरेले मंगलबार नेकपा एमालेका सांसद कोइरीलाई निलम्बन गरेका हुन् । 

प्रहरी प्रधान कार्यालयको यही बैशाख १७ गतेको पत्रबमोजिम प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ३ को व्यवस्था बमोजिम सांसद कोइरी निलम्बनमा परेका हुन् । 

कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने थियो । 

उच्च अदालतले २०७७ मङ्सिर १९ गते त्यस्तो आदेश दिएको भए पनि कोइरी थुनामा नबसी तारेख गुजारेर फरार रहेको पाइएको छ । 

महोत्तरी जिल्ला अदालत, जलेश्वरमा हालसम्म पनि हाजिर नगरी फरार रहेको प्रहरी प्रधान कार्यालयको पत्रमा उल्लेख भएबमोजिम सांसद कोइरीलाई मंगलबारसभामुखले निलम्बन गर्ने निर्णय गरेका हुन् । 

कोइरीमाथि असई मारेको अभियोग छ । 

यसअघि संसदमा कोइरीले आफू बिरामी भएकाले बिदा स्वीकृत गर्नका लागि सभामुखलाई पत्र लेखेको भन्दै सोही आधारमा सभामुख घिमिरेले बिदा स्वीकृत गर्न खोजेका थिए । 

तर फरार व्यक्तिको बिदा स्वीकृत नगरी कारबाही गर्नुपर्ने भनी सांसदहरुबाट दबाब आएपछि वाध्य भएर उनले यो कदम चालेका हुन् । घिमिरेले बिमार भएको पत्र पाए पनि के को बिमार भएर कहाँ उपचार गराएको भनी उल्लेखसमेत नभएको पत्रलाई आधार मानेर गैरजिम्मेवार कदम चाल्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ