arrow

आर्थिक वृद्धिदर पाँच प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
World-Bank-logo.jpeg
काठमाडौँ। चालु आर्थिक वर्षको वृद्धिदर पाँच प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ।
 
दक्षिण एसियाको अर्थतन्त्रबारे विश्व बैंकले आज जारी गरेको अर्धवार्षिक प्रतिवेदनअनुसार चालु आवमा कृषि तथा निर्माणका क्षेत्रमा सुधार हुने भएकाले नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने अनुमान गरिएको हो।
 
भूकम्प र भारतसँगको सीमा क्षेत्रमा उत्पन्न अवरोधका साथै विप्रेषण आयमा भएको कमीले गत आवमा नेपालको आर्थिक वृद्धिदरमा बढोत्तरी हुन नसकेको वास्तविकता उक्त प्रतिवेदनले औँल्याएको छ।
 
मनसुनको सकारात्मक प्रभाव कृषि क्षेत्रमा परेकाले कृषिको योगदान कुल गार्हस्थ्य उत्पादनमा उल्लेख्य हुने प्रक्षेपण पनि प्रतिवेदनले गरेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ