नक्कली भुटानी शरणार्थी गिरोह कोही नछुटुन् : गगन थापा
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
684
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै पनि गहिरो छुटुन् नहुने बताएका छन् । नक्कली भुटानी शरणार्थीको जालो तानिँदै गरेको समयमा महामन्त्री थापाले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका हुन् ।
उनले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा 'ठगी गिरोहको भिआइपी जालो' उजागर हुँदै गएको बताएका छन्। उनले गृह प्रशासनको प्रयासको प्रशंसा समेत गरेका छन् ।
उनले भनेका छन्,' नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा 'ठगी गिरोहको भिआइपी जालो'उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो। अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन्। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।'
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । बुधबार पूर्व गृह सचिव सचिव टेकनारायण पाण्डे, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । यसअघि अन्य गिरोह पनि पक्राउ परिसकेका छन् ।